काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीवार पनि हेर्दाहेर्दैमा राखिएको छ ।हिजो बुधवारदेखि जारी थुनछेक बहस आज पनि नसकिएपछि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास पाठक र लभ मैनालीले बहस गर्नुभएको थियो । सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकिल र सरकारी व...