लमही : दाङमा पौडी खेल्ने क्रममा राप्ती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्।प्यूठानको झिम्रुक गाउँपालिका घर भई हाल सशस्त्र प्रहरी बल १९ नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार रामबहादुर सुनारका छोरा करिब १२ वर्षीय विवेक सुनार भालुबाङस्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीबार दिउँसो करिब ४ बजेतिर बेपत्ता भएको उनको खोजी भइहेको प्रहरीले जनाएको छ।यसैगरी दाङमा नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा करिब १० ज