निर्माण व्यवसायी महासंघले जारी गर्‍यो ४१ बुँदे घोषणापत्र, कर छुट दिन माग

नेपाल निर्माण व्यावसायी महासंघले विभिन्न माग राख्दै ४१ बुँदे 'काठमाडौं घोषणापत्र' जारी गरेको छ। बुधवार घोषणापत्रमा कोभिड-१९ ले समस्यामा परेको निर्माण क्षेत्रलाई उकास्न खरिद ऐन र नियमावली संशोधन गर्न माग गर्दै घोषणापत्र जारी गरिएको हो । महासंघ प्रतिनिधिमण्डल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठबीच भेटवार्ता समेत भएको छ ।  प्रतिनिधिमण्डलले महासंघको २२ औं साधारण सभाले पारित गरेको घोषणा पत्र सचिव समक्ष पेश गरेको छ । घोषणापत्रमा निर्माणाधिन रुँग्न आयोजनाको निर्माण अवधि ...