अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ ।  कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ । शु...