उद्धारमा सुरक्षाकर्मी पुग्न सकेनन्, हेलिकोप्टर ल्याण्ड भएन

काठमाडौं : बाढी पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला विभिन्न जिल्लामा उद्धारमा कठिनाई भइरहेको छ। उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न सकस परेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ। ४१ जना हराइरहेका छन्‌। राष्ट्रिय ...

सम्बन्धित सामग्री

दुर्घटनास्थलमा भिड हुँदा कठिनाइ, उद्धारका लागि हेलिकोप्टर परिचालन

पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ । उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ । पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका …

गौतमबुद्ध विमानस्थल र नेपाल–भारत सम्बन्ध

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि  भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।   गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ । पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै  समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन । भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ । काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ । भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको  पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?