मेलम्ची खानेपानीको बितरणको पुन: शुभारम्भ

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा फेरी मेलम्चीको पानी आइपुगको छ । आज खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीको पुनः वितरण शुभारम्भ गरेका हुन् । मेलम्चीको पानी उपत्यकामा तेस्रोपटक पुनः वितरण भएको हो । गत असार १७ गतेदेखि पानी वितरण बन्द रहेको थियो । यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो । […]