इजरायलको राष्ट्रपतिमा इसाक हर्जोगको जित

एजेन्सी। इजरायली संसद् नेसेटले देशको ११ औं राष्ट्रपतिमा इसाक हर्जोगलाई चुनेको छ। ६० वर्षीय हर्जोग राजनीतिमा निकै अनुभवी मानिन्छन्। उनको पिता सियाम हर्जोग १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति थिए। बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी मिरियम परेज थिए। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हर्जोगलाई बधाइ दिएका छन्।