जापानी दूतावासको उच्चस्तरीय टोली डडेल्धुरामा

डडेल्धुरा। नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख तमुरा ताका हिरोसहितको टोली बिहीबार डडेल्धुरा पुगेको छ । उपनियोग प्रमुख ताकाहिरोसंगै जापानी दूतावासकी कार्यक्रम व्यवस्थापक मिकी उप्रेती डडेल्धुरा पुगेका हुन् । नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रका लागि जापानी दूतावासले विभिन्न उपकरण उपलब्ध गराएकोमा ती उपकरण हस्तान्तरण समारोहमा सहभागी हुन दूतावासको टोली डडेल्धुरा पुगेको हो । […]