निर्वाचनका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताबारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । आजको बैठकमा दलका प्रतिनिधिहरुबाट रचनात्मक सुझाव आएको पनि उहाँले बताउनुभयो । केही सुझाव भोलि सोमबारसम्म लिखितरुपमा आउने पनि आयोगले बताएको छ ।