काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन बालुवाटार लागेकी छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेकी झाँक्री पत्रकारलाई मुख नदेखाई राजीनामा बोकेर बालुवाटार हिँडेकी हुन् । मन्त्री झाँक्रीको सचिवालयले पौने पाँच बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरिने बताएको थियो । आजै मन्त्रालयका कर्मचारीहरू उनलाई बिदाइ गर्न स्ट्यान्डबाइ छन् […]