वीरगञ्‍जमा उपचाररत २ बिरामीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

पर्सा : पर्सामा दुईजना बिरामीको ज्यान गएपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। ऊनीहरु दुवैजनाको बिहीबार बिहान मृत्यु भएको हो। मृतक दुवै बाराका हुन्। योसहित बारामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृतकहरु एकजना बाराको प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय पुरुष र अर्का जितपुर-सिमरा उपमहानगरपालिका ४ का ५० वर्षी...

सम्बन्धित सामग्री

अस्पतालका कर्मचारीले नै ठूलो रकम लिएर नक्कली कोरोना रिपोर्ट बनाउने गरेको खुलासा

अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्र धारी धनुषा घर भई ललितपुरको ग्वार्काे बस्ने रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ ।यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको छ । प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पिसिआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ । फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ । दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ ।पिसिआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने र पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गर्ने गरेको खुल्न आएको छ । ती अस्पतालले बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको तथ्यसमेत खुलेको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत पाइएको छ ।बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिएबापत रु १० हजारसम्म असुल गर्नै गरेको फेला परेको छ । उनीहरुले क्यूआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी नै नक्कली रिपोर्ट बनाउने गरेको फेला परेको छ ।

काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट

काठमाडौं– टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो । भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै क्लोज […]

जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

४ साउन काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् । नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण […]

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको  सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ । प्रधानमन्त्रीसहित बालुवाटास्थित सचिवालयका कर्मचारीहरुको शुक्रबार परीक्षणका लागि स्वाब लिइएको थियो ।

चार सांसदको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । २७ गते बोलाइएको प्रतिनिधिसभा बैठकका लागि गरिएको कोरोना परीक्षणमा चारजना सांसदको रिपोर्ट पोजेटिभ आएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार चारजना सांसद र दु्ईजना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । संसद् सचिवालयका अनुसार सांसद, कर्मचारी, सुरक्षाकर्मीलगायत गरी ६ सय बढीको स्वाब संकलन गरिएको...

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

बलिउड अभिनेता आमिर खानलाई कोरोना संकमण देखिएको छ। कोरोना पोजेटिभ देखिएपछि आमिर खान होम क्वारेनटाइनमा बसेका छन्। अभिनेताका प्रवक्ताले ट्विटरमार्फत आमिरमा संक्रमण देखिएको पुष्टि गरेका हुन्।  ‘आमिर खानको कोरोना रिपोर्ट  पोजेटिभ आएको छ। उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन्। उनी ठिक छन्। उनको सम्पर्कमा आएका…

चेल्सीविरुद्धको खेलमा म्यानचेष्टर सिटीका ५ खेलाडी बाहिर

१८ पुस, काठमाडौं । प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेष्टर सिटी बीचको खेल हुँदैछ । तर लण्डन क्लबविरुद्ध खेल्दा सिटीका ५ खेलाडी भने टिम बाहिर रहनेछन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि ती खेलाडीहरु सिटीको टिममा हुने छैनन् । केल वाल्कर र गाब्रीएल जेसस र अन्य तीन खेलाडी अहिले आइसोलेसनमा छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले […]