विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

काठमाडौं, १५ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आज राति ७ः४५ बजे हुने खेलमा इंग्ल्यान्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा […]

सम्बन्धित सामग्री

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।