कस्मेटिक, हार्डवेयर र किरानाका अवैध सामानसहित ट्रक नियन्त्रण

पर्सा : ट्रान्सपोर्टबाट भन्सार छली भित्र्याइएका ४२ लाख रुपैयाँ बराबरका सामान बोकेर छुटेको ट्रक प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। पशुपति रोड कैरियर्स ट्रान्सपोर्टबाट छुटेको ना३ख ७२१० नम्बरको अवैध मालबस्तु बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।  'त्यो ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान रहेछ। त्यो सामान लिएर नारायणघाटतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा शंकास्पद पाइएपछि सामानसहित ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइएको हो,' पर्साका प्रहरी नायव उपर...