उपत्यकाभित्र लकडाउन थप कडाइ गर्न गृहको निर्देशन

काठमाडौँ: गृह मन्त्रालयले उपत्यकाभित्र लकडाउनलाई थप कडाइ गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयमा  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयर लगायत सहभागी बैठकमा लकडाउन थप कडाइ गर्न निर्देशन दिइएको हो। दुई दिनमा उपत्यकाभित्र पाँच जना कोरोना संक्रमिति देखिएका छन्।