फेवाताल अध्ययन प्रतिवेदन : अतिक्रमित २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सिफारिस

 पोखराको फेलाताल अतिक्रमण गरी व्यक्तिका नाममा कायम गरिएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । पुण्य पौडेलको संयोजकत्वमा गठित ‘फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन उच्चस्तरीय समिति’ले ११ महिना लगाएर तयार पारेको प्रतिवेदनमा अतिक्रमण गरिएको करिब २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको हो ।कास्कीको तत्कालीन जिल्ला विकास समितिका सभापतिसमेत रहेका संयोजक पौडेल नेतृत्वको उच्चस्तरीय समिति प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझा