वीरगञ्ज – अनैतिक क्रियाकलापमा संलग्न भएको विषयलाई लिएर पर्सामा भिनाजुले सालोको हत्या गरेका छन्। पर्साको जगरनाथपुर गाउँपालिका–६ निवासी हिरामन महराले आफ्ना परिवारका पाँच जना सदस्यसित मिलेर सालो राजेश रामको हत्या गरेका हुन्। पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी टोल बस्ने रामको शव जेठ २८ गते जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्साभित्र घाँटीमा गम्छा कसिएको अवस्थामा फेलापरेको थियो। […]