काठमाडौं : आजदेखि ललितपुरको गोदावरीमा आजदेखि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधिहरू आउने क्रम सुरु भएकोछ। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्। ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी