भद्रपुर- शनिबार बिर्तामोडमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन्। उनी भद्रपुर विमानस्थलमा अवतरण हुँदा ठूलो संख्यामा राजतन्त्र पक्षधरहरुले उनको स्वागत गरेका थिए। बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण शनिबार पूर्वराजा शाहले गर्ने कार्यक्रम छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको यस कार्यक्रमलाई […]