नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
मंसिर २६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले २१ दशमलव ४८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ४१ दशमलव १८ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २६० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २१ दशमलव ४८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले पुस १० गते उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा १५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बिहान ११ बजे शुरु हुने जनकारी दिइएको छ ।
सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ ।