रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ ।  सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमानको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा बुधबारका लागि राखिएको […]