भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान

बढ्दो भ्रष्टाचार नियन्त्रण तथा रोकथामका लागि जुम्लामा ‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता अभियान’ थालिएको छ । स्थानीय तह, विषयगत कार्यालयलगायत अन्य सार्वजनिक निकायको सेवा प्रवाह र विकासमा हुने भ्रष्टाचारलाई रोक्न शून्य सहनशीलता अभियान थालिएको हो । जुम्लाका युवा सम्मेलित वागेश्वरी असल शासन क्लब (बास) नेपाल संस्थाले जिल्लाभर भ्रष्टाचार रोक्न अभियान थाल्ने बासकी अध्यक्ष अनिता नेपालीले बताइन् । […]