आर्मी फाइनलमा, संकटा पराजित

संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

आर्मी फाइनलमा, संकटा पराजित

संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

झापा गोल्डकप : आर्मी फाइनलमा

झापाको विर्तामोडमा जारी पाँचौ झापा गोल्डकपमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकीले दुई, सुमन अर्याल र सन्तोष तामाङले एकएक गोल गर्नुभयो। सातदोबाटोका लागि सुमनराजसिंह ठकुरीले एक गोल गर्नुभयो। शुक्रबारको खेलमा प्लेयर अफ द म्याच सन्तोष तामाङ हुनुभयो । उहाँले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो । शनिबार हुने अर्को सेमिफाइनलमा झापा–११ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।