विगतका ३ वर्षमा स्थानीय सरकारले साना घरेलु उद्योग तथा व्यवसायका लागि तालिम सञ्चालन गर्न करिब ५ करोड रुपैयाँ खर्चिएका छन् । उनीहरूले सिलाइकटाइ, कपाल काट्ने, अचार बनाउनेलगायत विभिन्न तालिम दिएका छन् । तर तालिमपछिको अनुगमन अभावले उद्योग–व्यवसायमा लाग्नेहरूको संख्या शून्यजस्तै छ । जुनीचाँदे गाउँपालिका–११ का लालबहादुर खड्काले ४५ दिने होजियारीसम्बन्धी सीप सिके ।