शेखर पक्षको आक्रोश गठबन्धनका शीर्ष नेतातिर

पार्टीभित्र न्यायोचित व्यवहारको माग गर्दै बुधबार पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको शेखर पक्षले सत्तारुढ गठबन्धनमा रहेका अरु दललाई पनि असहयोग गर्ने बताएको छ । पार्टीले टिकट नपाएको क्षेत्रमा शेखर पक्षका केही नेताले स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन् भने कतिपयले असहयोग गर्ने बताएका छन्