रामेछाप – रामेछापकाे मन्थली नगरपालिका १ हाटेचौरमा रहेकाे तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशाेरकाे ज्यान गएको छ । आज शुक्रवार दिउँसाे नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापको शैलुङ गाउँपालिका २ दोरम्बाका १९ वर्षीय ईशान विश्वकर्माकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
विश्वकर्मा म्यादी प्रहरीमा भर्ना हुनका लागि केही दिनदेखि सदरमुकाम मन्थलीमा बस्दै आएका थिए । साथीहरूसँग तामाकोसी नदीमा पौडी खेल्न गएका उनी नदीमा डुबेर बेपत्ता भएका थिए ।
घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयव...