बारामा प्रहरी र डाँका समूहबीच भिडन्त

बारा - बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाकाे समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो। उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराउनुभयो । डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु ...

सम्बन्धित सामग्री

प्रहरी र लुटेराबीच झडप, वरिष्ठ सई घाइते

काठमाडौं : बारा हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो।मध्येरातमा उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ। डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो। प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराक