बङ्गलादेशसँगको टी–२० श्रृंखला जिम्बावेलाई

काठमाण्डाै – घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी–२० श्रृंखला जितेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २–१ ले जितेको हो । तेस्रो खेलमा घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए । ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १/१ विकेट लिए । त्यसअघि जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन...