मंसिर १०, काठमाडौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको विशेष साधारण सभा मंसिर २७ गते हुने भएको छ ।
सभा अपरान्ह ३ बजे मुख्य कार्यालय कृष्णगल्ली पुल्चोक ललितपुरमा हुने कम्पनीले जानकारी दिएको छ । सभाले शेयर सूचिकरण खारेजी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।