छोरीको पढाइलाई सहयोग गर्न कन्या मुद्दति खाता : बाल विवाह पनि रोकिने विश्वास

बाँके जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार यस्ता बालिकाको बैँक खातामा रु १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यव...