सत्या अधिकारीद्वारा लिखित उमङ्ग लघुकथा सङ्ग्रह विमोचन गरिएको छ । अक्षर धाम नेपालले प्रकाशन गरेको यस कृतिको विमोचन लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, पाठशालाका व्यवस्थापक लता केसी, डा. शेखरकुमार श्रेष्ठ, लघुकथाकार श्रीराम राई, बिमुन्स पौड्याल, विश्व स्वास्थ्य सङ्गठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत दामोदर अधिकारीले संयुक्त रूपमा गरेका थिए ।प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको सुरुआत गरेका