नयाँबजार काठमाण्डू बस्ने मोहन शर्मा (नाम परिवर्तन) लाई वैशाखको मध्यमा बैंक अफ काठमाण्डू, कमलपोखरीबाट फोन आयो । तपाइँको भिसा कार्ड बनेको छ, लिनु आउनु ।मोहन छक्क परे । किनकी उनले बैंक अफ काठमाण्डूमा आफ्नो भिसा कार्ड (एटीएम कार्ड) बनाउन निवेदन नै दिएका थिएनन् । तर बैंकबाट कार्ड बनेर आएको छ लिन आउनुस् भन्ने फोन आएपछि उनी अचम्ममा परे ।फोन गर्ने कर्मचारीलाई मोहनले आफूले एटीएम कार्ड बनाउन निवेदन नदिएको र कार्ड पनि नचाहिने जवाफ दिए । तैपनि उनको कार्ड क्यान्सिल भएन, बरु खाताबाट ३५० रुपैयाँ काटियो । तर पन