‘प्रतिरोध क्षमता बढाउन सन्तुलित आहार’

कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार (आज) विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ । दिवसको पूर्वसन्ध्यामा शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञले कोभिड–१९ को सक्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सुरक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिए ।