प्रधानन्यायाधीशको मर्यादाक्रम घटुवा संविधानविपरीत !

काठमाडौं : राष्ट्रिय सभामा गैरसरकारी विधेयकका रूपमा राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ ले प्रवेश पाएको छ। गत १४ गते बसेको बैठकबाट विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सामान्य छलफलपछि पारित भएको छ।विधेयकमा छलफल थाल्नुअघि अब राष्ट्रिय सभा सदस्यले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्। राष्ट्रिय सभाका आठ सदस्यले पेस गरेको विधेयकमा मर्यादाक्रममा गरिएको व्यवस्थाको संसद बाहिर पनि आलोचना भइरहेको छ। कार्यकारी पदमा रहँदा होस् या भूतपूर्व भइसकेपछि होस् मर्यादा बढा