अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न सरकारको अनुरोध

काठमाण्डाै - परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ । ‘युक्रेनमा रहेका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्...

सम्बन्धित सामग्री

चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध

देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

पाकिस्तान भ्रमण गर्ने नेपालीलाई आवश्यक कागजात बोक्न दूतावासको अनुरोध

१२ फागुन, काठमाडौं। पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो । ‘भारतको बाटो हुँदै सतह/ स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, […]

नेपालीका लागि युक्रेन भ्रमण स्थगित, उतै रहेकालाई स्वदेश फर्किन सरकारको अनुरोध

परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ ।  त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ । हाल युक्रेनमा ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।  उनीहरू सबै सकु

भन्सार सहजीकरणका लागि विभागसँग नाडाको अनुरोध

९ फागुन, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन भन्सार विभागसँग अनुरोध गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा यस्तो अनुरोध गरेको हो । भट्टराईसँगको भेटमा टोलीले भन्सार मूल्यांकनमा देखिएका विभिन्न समस्याहरुबारे जानकारी गराउँदै भन्सारसम्बन्धी […]

कोरोना विरुद्धको खोप लगाउन देशभरका परीक्षार्थीलाई शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नजिकको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन देशभरका १२ कक्षा र माथिका विद्यार्थीलाई अनुरोध गरेको छ । खोप लगाउन आवश्यक पर्ने १८ वर्ष उमेर पुगेका परीक्षार्थीले प्रवेश पत्रसहित तोकिएको नजिकको खोप केन्द्रमा गएर सेवा लिन मन्त्रालयले अनुरोध गरेको छ ।

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन नेपाली दूतावासको अनुरोध

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै नेपालीलाई सुरक्षित घर फर्कनका लागि आवश्यक तयारी गर्न अनुरोध गरिएको छ । नेपाल फर्कने सिलसिलामा कुनै सल्लाह, सुझाव, समन्वय एवं सहयोग आवश्यक भएमा दूतावासलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सूचीकृत कम्पनीलाई वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन नेप्सेको अनुरोध

साउन १०, काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।  धितोपत्र सूचीकृत विनियमावली अनुसार सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासीक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासीक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध गरेको हो ।  सूचीकृत कम्पनीहरुले साउन १७ गते कार्यलय समयभित्र आवश्यक विवरण इमेल ठेगाना listing@nepalstock.com मा प्राप्त हुने उपलब्ध गराउन नेप्सेले अनुरोध गरेको छ ।

अबको तीन दिन उच्च सावधानी अपनाउन अनुरोध

काठमाडाैं।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सुरू हुनुअघि नै बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ।बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण १५ जेठसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ ।प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना […]