काठमाडौं । क्यानडाको संसदीय चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले नै सबैभन्दा बढी सिट जितेको छ । क्यानेडियन सञ्चार माध्यम ग्लोबलन्युजका अनुसार लिबरल पार्टीले १५६ सिट जित्ने निश्चित भएको छ । यद्यपि, सरकार गठनका लागि १७० सिट आवश्यक थियो । अब, ट्रुडोको पार्टीले यसअघि झैँ गठबन्धन सरकार गठन गर्ने तयारी गरेको छ ।