काठमाडाैं : आइतबारका लागि बाेलाइएकाे न्याय सेवा आयोगको बैठक स्थगित भएको छ।प्रधानन्यायाधीशबाहेक कोही पनि सदस्य बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो। बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी उपस्थित नभएपछि बैठक बस्न नसकेको हो।लोक सेवा आयोगले लिएको जिल्ला न्यायाधीशहरूको परीक्षाको नतिजा सार्वजनिक गर्न प्रधानन्यायाधीश एवं न्याय सेवा आयोगका अध्यक्ष चोलेन्द्रशमशेर जबराले बैठक डाकेका थिए।