त्रिवि पदाधिकारीको राजीनामा माग, दुई महिनादेखि तालाबन्दी जारी

काठमाडौं, फागुन २५ । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् […]