शुक्लागण्डकी नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द

 शुक्लागण्डकी नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखेर त्यसको न्यूनीकरणका लागि अत्यावश्यकबाहेकका सबै सेवा चार दिनका लागि बन्द गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि भदौ १ देखि ४ गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भइसकेकाले अन्य कर्मचारीको सङ्क्रम