काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोेक्ताको अधिकार तथा हित विपरित कुनैपनि क्रियाकलापमा संलग्नलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभएको छ । आईतबार दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित सहुलियत पसलको काठमाडौंमा उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको […]