कुमारी बैंकको खुद ब्याज आम्दानी ४६ प्रतिशतले बृद्धि

काठमाडौं, २८ साउन । कुमारी बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ७२ दशमलव ७४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष बैंकले १ अर्ब १५ करोड रुपैयाँले नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा हाल ९ करोड रुपैयाँ रहेको र […]

सम्बन्धित सामग्री

यस वर्ष १ करोड ३३ लाखभन्दा बढीले वृद्धि भयो मानुषी लघुवित्तको नोक्सानी

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको नोक्सानी १ करोड ३३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ४४ लाख ६६ हजार रुपैयाँभन्दा बढी मात्र खुद नोक्सानीमा थियो । यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी पनि १ करोड ७९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस्तो नोक्सानी ४८ लाख ९८ हजार रुपैयाँभन्दा बढी मात्र थियो ।  यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी घटेको र कर्मचारी खर्च बढेकाले खुद नोक्सानीमा वृद्धि भएको देखिन्छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी रहेकोमा यस वर्ष ३ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी भएको हो । कर्मचारी खर्च भने गत वर्ष ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ७ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । रिटर्न अर्निङ १ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा छ । गत वर्ष ६ दशमलव ५७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ७ दशमलव ९० प्रतिशत पुगेको छ । गत वर्ष १ करोड रुपैयाँभन्दा बढी रहेको कर्जा सापटी यस वर्ष शून्य छ । यो ६ महीनामा कम्पनीले ९३ करोड ९७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

१२२ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले रु. ३५ करोड ४८ लाख ६५ हजार खुद मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १२२.०८% ले बढी हो ।समीक्षा अवधिमा लघुवित्तको गत आ.व को सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ९९.१२%, अन्य सञ्चालन आम्दानी ११०.३४% र सञ्चालन मुनाफा १८३.७३ % ले बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १७.५३ %, जगेडा कोष १७१.१६%, बैँक तथा वित्तीय संस्थाबाट सापटी १३१.३८%, ले बढेको छ । नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।संस्थाले समीक्षा अवधिको १ बर्षको दौरानमा करिब १३ अर्ब ५८ करोडको थप कर्जा लगानी गर्दै करिब १५८.८४% को बार्षिक विन्दुगत बृद्धि हाँसिल गरेको छ । बित्तीय संस्थाले दोसो त्रैमास सम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब १३ करोड ४१ लाख पु¥याउन सफल भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमास अवधिमा संस्थाको स्व–पुँजीमा प्रतिफल (आरओई) बार्षिक २४.२२% रहेको छ भने बार्षिक रु. ४०.७७  प्रति शेयर आम्दानी आर्जन गर्न सफल रहेको छ जुन गत आ.व को सोही अवधिको तुलनामा लघुवित्तको प्रति शेयर आम्दानी ८८.८४% ले बढी हो ।बित्तीय संस्थाले यो त्रैमास सम्ममा संस्थाले बचत परिचालन तर्फ रु.३ अर्ब २० करोड ८० लाख पु¥याउन सफल भएको छ । बित्तीय संस्थाले लघुकर्जा असुलीमा निकै आक्रमक भई उत्साहजनक नतिजा हाँसिल गर्न सफल भई निष्कृय कर्जालाई ०.९७ % मा सिमित राख्न सफल भएको छ ।वित्तीय संस्थाले ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

एफपीओ निष्कासन गर्ने तयारीमा रहेको मिर्मिरे लघुवित्तको वित्तीय अवस्था :

मंसिर १०,काठमाडौं ।  मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासनका लागि निवेदन दिइसकेको छ । कम्पनीलले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत कात्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गर्न लागेको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाँउछ ।  कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । स्वेडा लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । दोस्रो बजारमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले उक्त कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ  ।  कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९३ प्रतिशत अर्थात २ दशमलव ९३ गुणा बृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. २ करोड १७ लाख ३७ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. ६ करोड ३७ लाख ६१ हजार कमाएको छ । चालू आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै कम्पनीको नाफा बढ्न सहयोग पुगेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ११५ प्रतिशत र सञ्चालन नाफा १९३ प्रतिशत वृद्धि भएको हो ।  चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार रहेको कम्पनीले जगेडामा रू. ४१ करोड १७ लाख ८७ हजार सञ्चित गरेको छ । त्यसैगरी चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४६ करोड ६ लाख सापटि लिएर, रू. २ अर्ब १३ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ८ अर्ब ११ करोड ९४ लाख कर्जा लगानी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी ५८ दशमलव ६२ प्रतिशत, मूल्य आम्दानी अनुपात २५ दशमलव ७४ गुणा, तरलता अनुपात २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१९४ दशमलव ६५ पुगेको छ ।                                                           स्रोत : कम्पनीद्वारा प्रकाशित पहिलो त्रैमासिक वित्तीय विवरण यो पनि हेर्नुस् : मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन पहिलो त्रैमासमा मिर्मिरे लघुवित्तको नाफा १९३% बढ्यो मिर्मिरे लघुवित्तद्वारा २० % लाभांश प्रस्ताव

७१ % ले नाफा बढाएको महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ५६ करोडभन्दा बढी

साउन ६, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीको खुद नाफा गत वर्ष ७१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष रू. ४२ करोड ८५ लाख ६४ हजार खुद नाफा गरेको उक्त कम्पनीले गत वर्ष रू. ७३ करोड २९ लाख १६ हजार यो नाफा गरेको हो । अघिल्लो वर्षभन्दा ६७ दशमलव ७९ प्रतिशत सञ्चालन नाफा गरेको कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार खुद व्याज आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब ५६ करोड ७३ लाख २६ हजार आम्दानी गरेको छ । त्यस्तै अघिल्लो वर्ष रू. ६० करोड ९९ लाख ४६ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब २३ करोड ४ लाख ५४ हजार यो नाफा गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५६ करोड ३८ लाख ५५ हजार रहेको छ । गत वर्ष बैंकको निक्षेप संकलन अघिल्लो वर्षभन्दा ४ प्रशित र कर्जा प्रवाह २ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्ष रू. ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार संकलन गरेको छ । त्यस्तै अघिल्लो वर्ष रू. २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार कर्जा प्रवाह गरेको कम्पनीले गत वर्ष रू. ३० अर्ब १० करोड ६३ लाख ७४ हजार प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा अनुपात बढेको छ । अघिल्लो वर्ष २ दशमलव ८० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ३२ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष ९ दशमलव ९५ प्रतिशत रहेको उक्त कम्पनीको आधार ब्याजदर भने गत वर्ष ७ दशमलव २८ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ७५ रहेको छ ।