नीजि हवाई कम्पनीहरु दैनिक १८ घण्टा उडान भर्न सहमत

काठमाडौं, २५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रीकालीन उडान सहित १८ घण्टा उडान भर्न दिएको निर्देशनप्रति आक्रोशित भएका नीजि हवाई कम्पनीहरुले अब निर्देशन अनुसार उडान भर्ने भएका छन् । अन्तत: उनीहरु दैनिक १८ घण्टा सम्म उडान भर्न सहमत भएका हुन् । नेपाल वायुसेवा सञ्चालक संघको समस्या समाधानको लागि गठित उप–समितिले पहल गरेको हो । […]