‘विघ्नबाधासँग जुध्दै प्रदेशको जग हाल्यौं, अहिले बदनाम बनाइँदैछ’

संघीयता कार्यान्वयन अरु मुलुकको तुलनामा हेर्दा नेपालको सन्तोषजनक हो । तर, आवश्यकताअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकार बीचको अन्तरसम्बन्ध जसरी समन्वयात्मक हिसाबले अगाडि बढ्नुपर्ने हो, स्रोत र साधनको बाँडफाँड र व्यवस्थापन हुनुपर्ने हो, त्यो भने धीमा गतिमा भयो । आवश्यकताको हिसाबले, मैले चाहेको हिसाबले त संघीयताको कार्यान्वयन सुस्त हो तर समग्रमा हेर्दा नराम्रो भन्न मिल्दैन […]

सम्बन्धित सामग्री

सरकार र गठबन्धन जोगाउन प्रदेशको बदनाम !

काठमाडौं : ०७२ मा संविधानसभाबाट संविधान बनेपछि देश संघीयतामा गयो। अहिले देश संघीयता कार्यान्वयनको लागि पौंठेजोरी खेल्दै अगाडि बढिरहेको छ। संघीय संरचनाको आधारमा स्थानीय, प्रदेश र संघीय सरकार छ। जसमध्ये ७५३ स्थानीय सरकार छन् भने सात वटा प्रदेश सरकार।स्थानीय र संघीय सरकार यसअघि नै अभ्यास गरिएको भएपनि प्रदेश सरकार नेपालमा पहिलो अभ्यास हो। तर, पछिल्लो समय राजनीतिक दलहरूको स्वार्थको कारणले प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ। राजनीतिक दलले प्रदेश सरकारलाई नेता व्यवस्थापनदेखि ‘