मेरो सल्लाह प्रधानमन्त्रीले सुन्ने स्थिति नभएपछि राजीनामा दिएँ : गजुरेल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफ्नो सल्लाह प्रधानमन्त्रीले सुन्ने अवस्था नभएपछि पदबाट राजीनामा दिएको बताएका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए। हालसम्म उनको राजीनामा भने स्वीकृत भइसकेको छैन। राजीनामा स्वीकृत भएपछि मात्रै राजीनामा दिनुको कारण खुलाउने बताइरहेका गजुरेलले आफूले नीतिगत विषय उठाएको बताए