नेपाल उद्योग परिसंघले मुलुकको उर्जा क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनका लागि राष्ट्रिय ऊर्जा दक्ष केन्द्रसँग सहकार्य गर्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच परिसंघले उर्जा दक्ष केन्द्रसँग सहकार्यको सम्झौता गरेको हो । सम्झौतापत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् । यी दुई संस्थाबीचको समझदारी अनुसार उद्योगहरूमा उर्जा दक्षतासँगै उर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उर्जा परीक्षण, क्षमता विकासका तथा