नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ मंगलबार बुझाएका छन् । उनले ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा नै समस्या उत्पन्न भएको जिकिर गरेका छन् ।‘तपाईंबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुन सकेको भए पार्टीभन्दा गुट शक्तिशाली हुने अहिलेको अवस्था आउँदैनथ्यो’, उनले ओलीलाई बुझाएको ९ पन्ने स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टीका हरेक सदस्य गुटका पछाडि दौडिरहनुपर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्