एउटा चिनियाँ पूराकथा– एक लाटोकोसेरो पश्चिम दिशातिर उड्न पखेटा फट्फटाइरहेको थियो । यो देखेर नजिकैको रूखमा बसिरहेको कोइलीले उसलाई सोध्यो, ‘बडा निराश र दुःखी देखिन्छौ त मित्र, कता जान लागेको ?’
कसैले पनि आफ्नो आवाज मन नपराएर अति दुःखित भएको लाटोकोसेरोले भन्यो, ‘के गर्नु, आफ्नो त खप्परै खराब । मैले गाएको कसैले मन पराउँदैनन् । अब म यहाँ बस्न चाहन्न । पश्चिम दिशातिर लाग्छु ।’ कोइलीले भन्यो, ‘तिमी जता गए पनि कुरा उही हो । तिमीलाई त्यहाँ पनि मन पराउने को होला र ? तिम्रो स्वर बदलिने होइन क्यारे ।’
प्रकृति र प्रवृत्ति फेर्न धेरै कठिन कुरा हो । लाटोकोसेरोले कोइलीको जस्तो सुमधुर कण्ठ बनाएर पूरै जङ्गललाई आल्हादित बनाउन सक्तैन । त्यसैले ऊ जुन दिशा गए पनि केही अन्तर आउनेवाला छैन । होे यस्तै, नेपालका सबैजसो राजनीतिक दलहरू आन्तरिक किचलोमा फसेका छन् । जो आन्तरिक किचलोको भुमरीमा फस्छ, त्यसले बाहिर हेर्न सक्तैन । उसको दृष्टि गुम्छ । नेपालका जीवित पार्टीहरूमध्येको जेठो र प्रजातन्त्रको पृष्ठपोषण गरिआएको नेपाली काँग्रेस वैैधानिक विवादमै रुमल्लिइरहेको छ । काँग्रेसभित्र आन्तरिक लोकतन्त्रको