काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय चुनावी भिडन्त

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट माओवादी नेतृ ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट अन्य केही स्वतन्त्रको पनि उम्मेदवारी परेको छ ।यो निर्वाचन क्षेत्रमा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा माधवकुमार नेपाल काठमा