काठमाडौँ : अप्ठ्यारोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि उक्त सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी एकीकृत प्रणाली विकास गरिने भएको छ।उक्त प्रणाली अन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने गृह मन्त्रालयले जनाएको हो।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सोमबार गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकल