१६ हजार घुस लिँदै गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डाैकाे सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ परेकाे छ । आयाेगकाे टाेलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेकाे सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई १६ हजार रुपैयाँ घुस लिँदै गर्दा आज मङ्गलवार पक्राउ गरेको हो ।आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्याप...