महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ। समितिको बैठक  आज दिउँसो २ बजे बस्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।  बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ। साथै समितिको सभापति चयन गर्नेछ। जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। प्रति

सम्बन्धित सामग्री

महाभियोग सिफारिस समिति बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्ने बारे निर्णय लिइने

महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिने भएको छ । जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् । विहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्याय

जबरालाई पूरक प्रश्न सोध्नेबारे निर्णय लिन महाभियोग सिफारिस समिति बैठक बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पुनः बैठक बोलाइएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्...